× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    चितवन र काभ्रेमा भोलि देखि ३५ वर्ष माथिका सबै नागरिकले खोप पाउने

    ३ वर्ष पहिले

    असोज-३, सरकारले असोज ४ गतेदेखि असोज १४ गतेसम्म चितवन र काभ्रेका ३५ वर्ष माथिका खोप लगाउन बाँकी सबै नागरिक र १८ वर्ष माथिका खोप लगाउन छुटेका सबै विद्यार्थीलाई कोभिड-१९ विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा दिइने भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चार उमेर समुहलाई जिल्ला अनुसार दिइने खोप योजना अनुसार चितवन र काभ्रेमा भोलि देखि ३५ वर्ष माथिका सबै नागरिकले खोप पाउने भएको हो।

    त्यसैगरी ताप्लेजुङ्ग, संखुवासभा, सोलुखुम्बु, रसुवा, जुम्ला, मुगु, हुम्ला, डोल्ला, बाजुरा र दार्चुलामा १८ वर्षमाथिका खोप लगाउन छुटेका सबै नागरिकलाई खोप दिने जनाएको छ।

    काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, रामेछाप, सर्लाही र अछामका ४० वर्ष माथिका खोप लगाउन बाँकी सबै नागरिक र १८ वर्ष वर्ष माथिका खोप लगाउन छुटेका सबै विद्यार्थीलाई खोप दिइने छ।

    माथि उल्लेखित बाहेक ५८ जिल्लाहरुमा मनाङ,मुस्ताङ, र रुकुमपूवबाहेकका जिल्लाहरुमा भने ४५ वर्ष माथिका खोप लगाउन बाँकी सबै नागरिक र १८ वर्ष माथिका खोप लगाउन छुटेका सबै विद्यार्थीलाई खोप दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ।

    त्यसबाहेक, यसअघि छुटेका अग्रपंतिमा खटिने, अत्यावश्यक सेवा,शिक्षक, पर्यटकीय क्षेत्र, होटल व्यवसायमा काम गर्ने व्यक्तिहरु समेत खोप दिइने बताइएको छ।