× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    महिलाले गरिन् कुकुर सहित झुण्डिएर आत्महत्या

    ३ वर्ष पहिले

    असोज-५, पोखरामा एक महिलाले कुकुरसहित झुण्डिएर आत्महत्या गरेकी छन् । गुल्मी चन्द्रकोट गाउँपालिका वडा नं. १ शान्तिपुर घर भई हाल पोखरा महानगरपालिका वडा नं. १७ बेलघारी बस्ने ५५ वर्षीया कोपिला राना कुकुरसहित झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् ।

    जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पोखरा वडा नं. २१ स्थित फुस्रेखोलाको एक रुखमा कुकुरसहित एउटै डोरीमा झुण्डिएको अवस्थामा कोपिला भेटिएकी थिइन् । पोखरामा छोरीको घरमा बस्दै आएकी कोपिला आफ्नै घरमा पालेको कुकुरसहित मृत भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं डीएसपी सुवास हमालले बताउनुभयो ।

    उनी आइतबार राती अबेलासम्म पनि घरमा नआएपछि खोजतलास गर्ने क्रममा सोमबार विहान १० बजेको समयमा स्थानीयले कोपिलालाई कुकुरसहित झुण्डिएको अवस्थामा देखेर प्रहरीलाई खबर गरेका थियो ।

    उनी आइतबार राती अबेलासम्म पनि घरमा नआएपछि खोजतलास गर्ने क्रममा सोमबार विहान १० बजेको समयमा स्थानीयले कोपिलालाई कुकुरसहित झुण्डिएको अवस्थामा देखेर प्रहरीलाई खबर गरेका थियो ।

    छोरीको घरमा पालेका दुईवटा बाख्रा लिएर सधैं चराउन जाने उक्त स्थानमा कोपिला मृत अवस्थामा भेटिए पछि प्रहरीले थप अनुसन्धान अगाडि बढाएको डिएसपी हमालले जानकारी दिनुभयो ।