× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा १३३० जना कोरोना भाइरस संक्रमित थपिए, निको हुनेको संख्या १८३०

    ३ वर्ष पहिले

    असोज-५, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ९५ जनाले संक्रमित थपिएका हुन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ८ लाख ७५ हजार ९ सय ५९ जना पुगेको छ ।

    २४ घण्टामा ९ हजार ६ सय २६ जनाको पिसिआर परीक्षण गर्दा १ हजार ३६ जनामा कोरोना पोजेटिभ देखिएको छ । हाल सम्ममा ४१ लाख १३ हजार ५ सय १२ जनाको पिसिआर भएको जनाईएको छ ।

    पछिल्लो २४ घण्टामा ३ हजार ९ सय ९६ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा २ सय ९४ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५ लाख ४४ हजार ७ सय ३० जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या २१ हजार ५ सय २४ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या २० हजार १ सय ६४ रहेको छ भने संस्थागत आइसोलेसनमा १ हजार ३ सय ६० छ।

    २४ घण्टामा १ हजार ८ सय ३० जना निको भएका छन् । कुल निको हुनेको संख्या ७ लाख ५४ हजार पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८६ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको ५ संख्या जना रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ५३ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा २ सय ५० जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ३ सय ३५ जना र भेन्टिलेटरमा १ सय ७ जनाको उपचार भईरहेको छ ।