× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    नवनियुक्त परराष्ट्रमन्त्री डा. नारायण खड्काद्वारा शपथ ग्रहण

    ३ वर्ष पहिले

    असोज-६, नवनियुक्त परराष्ट्रमन्त्री डा. नारायण खड्काले पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको छ । राष्ट्रपति भवन शितलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारी मन्त्री खड्कालाई शपथ दिलाउनु भएको हो ।

    प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार खड्कालाई परराष्ट्र मन्त्रीमा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्नुभएको थियो । सोहीबमोजिम बुधबार दिउँसो उहाँलाई नियुक्त गरी शपथ दिलाइएकाे हो ।

    परराष्ट्रमन्त्रीको शपथ लिएर पदभार ग्रहण गरेलगत्तै खड्का राति नै संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिकाको न्यूयोर्क जाँदै हुनुहुन्छ ।खड्का यसअघि पनि सहरी विकास मन्त्री भइसकेका छन् ।

    गत असार २९ गते गठन भएको देउवा नेतृत्वको सरकारले मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेको छैन । हाल देउवाको मन्त्रीमण्डलमा प्रधानमन्त्री देउवासहित ४ मन्त्री र एक राज्यमन्त्री रहेका छन् ।