× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    चितवन उद्योग संघ इच्छाकामना ईकाइको अध्यक्षमा नरवहादुर नेपाल

    ३ वर्ष पहिले

    असोज-६, चितवन उद्योग संघ इच्छाकामना ईकाइकाे अध्यक्षमा नरवहादुर नेपाल चयन भएको छ।संघको ३ औँ साधारण सभाबाट ८ नयाँ कार्यसमिति पनि चयन गरेको छ ।

    चितवन उद्योग संघ इच्छाकामना ईकाइकाे दाेस्राे अधिवेशन तथा ३ औँ साधारण सभाबाट उपाध्यक्ष रामहरी कडेल,सचिव कमला भट्टराई, काेषाध्यक्ष गाेविन्द जमरकटेल, सदस्य रामचन्द्र पाैडेल,विना देउजा,सदस्य तथा युवा संयाेजक भगवान नेपाल,सदस्य तथा महिला संयाेजक सीता नेपाल चयन भएका छन्।

    त्यसैगरी सल्लाहकारमा हर्ककुमारी गौचन, तेजबहादुर शेरचन र उद्योग संघ इच्छाकामना ईकाइकाे निवर्तमान अध्यक्ष अमर अधिकारी चयन भएका छन्।

    एक सदस्य पछि मनोनित गर्ने गरी आठ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको चितवन इच्छाकामना उद्योग सङ्घका नब नियुक्त अध्यक्ष नरबहादुर नेपालले हाइवे समाचारलाई जानकारी गराएका छन् ।