× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा १२३९ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुनेको संख्या १३२४

    ३ वर्ष पहिले

    असोज-७, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार २ सय ३९ जनाले संक्रमित थपिएका हुन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ८ लाख ७८ हजार ६ सय ६६ जना पुगेको छ ।

    २४ घण्टामा ११ हजार ६ सय २९ जनाको पिसिआर परीक्षण गर्दा ९ सय ४१ जनामा कोरोना पोजेटिभ देखिएको छ । हाल सम्ममा ४१ लाख ३६ हजार २ सय ८ जनाको पिसिआर भएको जनाईएको छ ।

    पछिल्लो २४ घण्टामा ३ हजार ६ सय १४ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा २ सय ९८ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५ लाख ५१ हजार २ सय ७ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या २० हजार ७ सय ४३ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या १९ हजार ४ सय ३७ रहेको छ भने संस्थागत आइसोलेसनमा १ हजार ३ सय ६ छ।

    २४ घण्टामा १ हजार ३ सय २४ जना निको भएका छन् । कुल निको हुनेको संख्या ७ लाख ५६ हजार ९ सय ६४ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८६.१४ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको १३ संख्या जना रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ७२ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा २ सय ४६ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ३ सय ४० जना र भेन्टिलेटरमा १ सय ११ जनाको उपचार भईरहेको छ ।