× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    बुम बुम अफ्रिदी ईपीएल खेल्न नेपाल आइपुगे

    ३ वर्ष पहिले

    असोज-७, बुम बुम अफ्रिदीको उपनामले चिनिने पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदी चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट खेल्न नेपाल आइपुगेका छन् ।

    शनिबारबाट कीर्तिपुरस्थित टीयू मैदानमा हुने चौथो संस्करणको ईपीएलका लागि पाकिस्तानका अलराउन्डर क्रिकेटर अफ्रिदी बिहीबार काठमाडौं आइपुगेका हुन् ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अफ्रिदीलाई ईपीएलका निर्देशक अमिर अख्तर एवं उनी सम्मिलित टोली काठमाडौं किंग्स इलाभेनका पदाधिकारीहरु स्वागत गर्न पुगेका थिए ।

    अफ्रिदी चौथो संस्करणको ईपीएल खेल्न लागेका उच्च प्रोफाइलका खेलाडी हुन् । उनले नेपाल बसाइको क्रममा काठमाडौं किंग्स इलाभेनबाट ललितपुर प्याट्रियट्र्सविरुद्ध र विराटनगर वारियर्सविरुद्ध खेल्नेछन् ।

    सिमित ओभरको क्रिकेट खेलमा बिस्फोटक ब्याटिङका कारण बुम बुम अफ्रिदीको उपनामले विश्वमा चर्चा कमाइसकेका अफ्रिदीले विश्वका प्रायःजसो फ्रेन्चाइज प्रतियोगिता खेलिसकेका छन् । ४१ वर्षीय अफ्रिदीले पाकिस्तानबाट २७ टेस्ट, ३९८ एक दिवसीय, ९९ ट्वान्टी–२० अन्तर्राष्ट्रिय, १० इन्डियन प्रिमियर लिग (आईपीएल) र ३३२ ट्वान्टी–२० खेल खेलेका छन् ।