× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    २०७७ को मदन पुरस्कार भगिराज इङ्नाम र जगदम्बाश्री पुरस्कार भैरवबहादुर थापालाई

    ३ वर्ष पहिले

    असोज-७, २०७७ सालको मदन पुरस्कार भगिराज इङ्नामको ‘लिम्बूवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह सम्वत् १७१९-२०२०’ पुस्तकलाई र २०७७ को जगदम्बाश्री पुरस्कार भैरवबहादुर थापालाई प्रदान गरिने भएको छ ।

    मदन पुरस्कार गुठीको विहीबार बसेको साधारणसभाले नेपाली इतिहासका प्राथमिक सामग्रीहरूको संकलन र पहुँचलाई विस्तार गरेकाले भगिराज इङ्नामको सो कृतिलाई पुरस्कृत गर्ने निर्णय गरेको गुठीका अध्यक्ष अध्यक्ष कुन्द दीक्षितले प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरेका छन् ।

    त्यस्तैगरी सात दशकदेखि नेपाली नृत्य विधाको अध्ययन, अनुसन्धान र मञ्चन गर्दै सैद्धान्तिक तथा प्रयोगात्मक ज्ञानमार्फत् नृत्यक्षेत्रको उन्नयनमा समर्पितप्रति सम्मान गर्दै थापालाई सो पुरस्कार दिने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ ।

    मदन पुरस्कार प्रयोजनका लागि गुठीमा प्राप्त २२२ पुस्तकहरूमध्ये ९ वटा श्रेष्ठ सूची २०७७ को रूपमा छनौट गरिएको थियो ।

    नेपाल तथा नेपाल बाहिरबाट प्राप्त नेपाली भाषामा प्रकाशित पुस्तकहरू मध्येबाट एक पुस्तकलाई मदन पुरस्कार तथा नेपाली भाषा, वाक्य तथा संस्कृतिको श्रीवृद्धिमा योगदान गर्ने व्यक्ति/संस्थालाई जगदम्बा-श्री दिइँदै आएको छ । दुवै पुरस्कारको राशी समान चार चार लाख रहेको छ ।