× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    त्रिशुलीमा कार खस्दा कारमा सवार ३ जना बेपत्ता

    ३ वर्ष पहिले

    असोज-८, चितवनको मुग्लिन नजिकै नाग्दिखोला स्थित पृथ्वी राजमार्ग काठमाण्डौबाट पोखरा जाँदै गरेको कार शुक्रबार राति १२:३० बजे दुर्घटना भई त्रिशुली नदीमा कार खस्दा तीनजना बेपत्ता र एक जना घाइतेको उद्धार गरिएको छ ।

    ट्राफिक प्रहरी कार्यालय मुग्लिनका असई नरहरि अधिकारीले हाइवे समाचार लाई दिएको जानकारीअनुसार काठमाडौंबाट पोखरा जादै गरेको ग २च ४९१८ नम्बरको कार अनियन्त्रित भई सडकबाट अन्दाजी १०० मिटर तल त्रिशुलीमा खोलामा खस्दा कारमा सवारी चारजना मध्ये तीनजना बेपत्ता र एकजना खोलाबाट उद्वार गरिएको जनाइएको छ।

    दुर्घटनामा उद्धार गरिएको कास्की जिल्ला पोखरा महानगरपालिका वडा नम्बर ७ बस्ने ४९ बर्षिय रुद्रलाल सुवेदीको उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुरमा लगिएको छ ‌।

    त्यसैगरी सो दुर्घटनामा बेपत्ता भएकाहरूमा कास्की, पोखरा महानगरपालिका वडा नं ७ का अन्दाजी ५५/६० वर्षिय प्रेम भुजेल, ५५/६० वर्षीय लेखबहादुर भुजेल र ३६ वर्षिया ईश्वरी भुजेल रहेको ट्राफिक प्रहरीले जनाएको छ।