× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    त्रिशुलीमा पहिलो पटक ड्रोनको प्रयोग गरी बेपत्ता भएकाहरुको खोजी गर्दै नेपाल प्रहरी

    ३ वर्ष पहिले

    आश्विन ९, मुग्लिन ।
    पृथ्वीराजमार्ग अन्तरगत शुक्रबार मुग्लिन नजिकै भएको दुर्घटनामा ३ जना अझै बेपत्ता रहेका छन् । बेपत्ता भएकाहरुको खोजी गर्न सशस्त्र विपद् शिक्षालय कुरिनटारले ४ वटा गोताखोर टोली पठाएपनि कुनै उपलब्धी भने हुन सकेको छैन ।

    पानीको बहाव निकै बढी भएकोले गोताखोरको प्रयोग गरी खोजी कार्य गर्न समस्या भएपछि नेपाल प्रहरीले ड्रोनको प्रयोग गरी खोजी कार्य शुरु गरेको छ । नेपालमा पहिलो पटक महाकाली नदीमा जयसिंह धामीको शव खोजी गर्न ड्रोनको प्रयोग गरिएको थियो ।

    हिजो दुर्घटनामा परी कार सहित ३ जना बेपत्ता भएकाहरुको खोजी गर्न नेपाल प्रहरीको विशेष ड्रोन टोली आज मुग्लिन आइपुगेको हो । टोलीले आज दुर्घटनास्थल देखि २ किलोमिटर सम्म खोजी कार्य गरिसकेको र खोजी गर्दै नारायणगढ सम्म पुग्ने ड्रोनका पाइलट प्र.ना.नि.इञ्जिनियर प्रेम बहादुर गन्दर्वले हाइवे समाचारलाइ बताए ।


    शुक्रबाट मध्यरात १२ बजे काठमाण्डौबाट पोखरा जादै गर्दा ग २ च ४९१८ नम्बरको कार मुग्लिन नजिकै नाग्दी खोलाबाट झण्डै १०० मिटर तल त्रिशुली नदीमा खसेको थियो ।

    कारमा सवार ४ जना मध्ये १ जना घाइते छन् भने अन्य ३ जना र कार त्रिशुली नदीमा बेपत्ता रहेका छन् । बेपत्ता भएकाहरु पूर्व डिआइजी कमल जिटीको बहिनी–ज्वाइ रहेको बताइएको छ ।