३ वर्ष पहिले
असोज-९, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ४ सय ७६ जनाले संक्रमित थपिएका हुन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ८ लाख ८१ हजार १ सय ६९ जना पुगेको छ ।
२४ घण्टामा ७ हजार ५० जनाको पिसिआर परीक्षण गर्दा ७ सय ९० जनामा कोरोना पोजेटिभ देखिएको छ । हाल सम्ममा ४१ लाख ४६ हजार ७ सय ८३ जनाको पिसिआर भएको जनाईएको छ ।
पछिल्लो २४ घण्टामा ३ हजार ३ सय ५२ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा १ सय ६३ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५ लाख ५९ हजार ८ सय ५१ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।
देशभर सक्रिय संक्रमितको संख्या १९ हजार ७ सय रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या १८ हजार ३ सय ४० रहेको छ भने संस्थागत आइसोलेसनमा १ हजार ३ सय ६० छ।
२४ घण्टामा १ हजार ३ सय ७१ जना निको भएका छन् । कुल निको हुनेको संख्या ७ लाख ५९ हजार ८ सय ७५ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८६.२३ रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको ६ संख्या जना रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ८७ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा २ सय ३७ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ३ सय ६३ जना र भेन्टिलेटरमा १ सय ९ जनाको उपचार भईरहेको छ ।