× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा ८३४ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुनेको संख्या १२७९

    ३ वर्ष पहिले

    असोज-१०, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ सय ३४ जनाले संक्रमित थपिएका हुन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ८ लाख ८२ हजार ३ जना पुगेको छ ।

    २४ घण्टामा ८ हजार ५ सय ८९ जनाको पिसिआर परीक्षण गर्दा ७ सय ३० जनामा कोरोना पोजेटिभ देखिएको छ । हाल सम्ममा ४१ लाख ६२ हजार ४ सय २२ जनाको पिसिआर भएको जनाईएको छ ।

    पछिल्लो २४ घण्टामा ५ हजार १ सय ४७ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा १ सय ४ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५ लाख ६४ हजार ८ सय ९८ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या १९ हजार १ सय ४२ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या १७ हजार ८ सय १३ रहेको छ भने संस्थागत आइसोलेसनमा १ हजार ३ सय २९ छ।

    २४ घण्टामा १ हजार २ सय ७९ जना निको भएका छन् । कुल निको हुनेको संख्या ७ लाख ६१ हजार १ सय ५४ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८६.२९ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको ९ संख्या जना रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ९६ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा २ सय ३० जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ३ सय ६८ जना र भेन्टिलेटरमा १ सय २० जनाको उपचार भईरहेको छ ।