× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा ११५७ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुनेको संख्या १२१८

    ३ वर्ष पहिले

    असोज-१२, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार १ सय ५७ जनाले संक्रमित थपिएका हुन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ८ लाख ८४ हजार ७ सय ३९ जना पुगेको छ ।

    २४ घण्टामा ११ हजार ६ सय ७२ जनाको पिसिआर परीक्षण गर्दा ९ सय ४ जनामा कोरोना पोजेटिभ देखिएको छ । हाल सम्ममा ४१ लाख ८६ हजार १ सय ७५ जनाको पिसिआर भएको जनाईएको छ ।

    पछिल्लो २४ घण्टामा २ हजार ३ सय ३१ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा २ सय ५४ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५ लाख ७० हजार ७ सय ३६ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ४ सय २२ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या १७ हजार १ सय २५ रहेको छ भने संस्थागत आइसोलेसनमा १ हजार २ सय ९७ छ।

    २४ घण्टामा १ हजार ३ सय १८ जना निको भएका छन् । कुल निको हुनेको संख्या ७ लाख ६३ हजार ७ सय ३४ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८६.३२ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको १२ संख्या जना रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार १ सय १६ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा ३ सय २८ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ३ सय ६४ जना र भेन्टिलेटरमा १ सय २० जनाको उपचार भईरहेको छ ।