× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    जुम्लामा चट्याङले ४० भेडा मरे,१५ वटा घाइते

    ३ वर्ष पहिले

    असोज-१३, जुम्लामा सोमबार राति १० बजेतिर परेको चट्याङले ४० वटा भेडा मरेको छ भने १५ वटा भेडा घाइते भएका छ्न् ।

    जुम्लाको गुठीठचौर गाउँपालिका ४ मा रहेको डाबा लेक पाटनमा चट्याङले ४० वटा भेडा मरेपछि गुठीचौरका किसान चिन्तित भएका छन् ।

    उक्त पाटनमा बर्खायामको समयमा सबै भेडा किसानको भेडा पाल्ने क्षेत्र हो । त्यहाँ गुठीचौर गाउँपालिकाका चार जना भेडा किसान र २०० भेडा थिए ।

    किसानका अनुसार साढे छ लाख रुपैयाँ बराबरका भेडा मरेका छन् । भेडा मरेपछि स्थानीयको दैनिकी चलाउने आय स्रोत समेत नभएको बताइएको छ । ठूलो मात्रामा क्षति भएपछि किसानहरुले राहतको माग गरेका छन् ।