× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    आज ३१ औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस

    ३ वर्ष पहिले

    असोज -१४, आज ३१ औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस “डिजिटल इक्विटि फर अल एज” भन्ने नाराका साथ विश्वभर ज्येष्ठ नागरिक दिवस मनाइँदै छ ।

    नेपालमा पनि ज्येष्ठ नागरिक दिवसको दिन विविध कार्यक्रम गरी मनाइँदै छ।यस दिवसको दिन पालिकाहरुले स्थानीय स्तरमा नै विभिन्न कार्यक्रम आयोजना गरिदै छ।

    सन् १९९१ देखि हरेक वर्ष अक्टोबर १ तारिखलाई ज्येष्ठ नागरिकहरूलाई सम्मान र अधिकारमा पहुँच पुर्‍याउने उद्देश्यका साथ संयुक्त राष्ट्रसंघको आह्वानमा विश्वभर अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउने गरिन्छ।

    हाम्रो सांस्कृतिक परम्परा र पारिवारिक मूल्यको एउटा मुख्य विशेषता ‘मातृदेवो भवः, पितृ देवो भवः’को भावना पनि हो । सामाजिक दायित्वप्रति संवेदनशील यस्ता मौलिक मान्यतालाई आत्मसात गर्दै बदलिँदो परिवेशमा ज्येष्ठ नागरिकको सम्मानपूर्ण जीवन सुनिश्चित गर्नु हामी सबैको कर्तव्य हो । यसर्थ, आ-आफ्नो स्थानबाट ज्येष्ठ नागरिकहरूलाई दिनुपर्ने सम्मान र सहयोग पुर्‍याउनु पर्दछ ।

    परिवारको लालनपालन सहित जीवनको अधिकांश समय विभिन्न क्षेत्रमा क्रियाशील रही आफ्नो ज्ञान, सिप र अनुभवलाई प्रयोग गरेर समाज सुधार र राष्ट्रोत्थानमा ज्येष्ठ नागरिकहरूले पुर्‍याउनु भएको योगदानलाई सबैले उच्च मूल्याङ्कन गर्नु पर्दछ। ज्येष्ठ नागरिकहरूले जीवनभर सँगाल्नुभएको ज्ञान, सिप र अनुभवलाई ग्रहण गर्दै नयाँ पुस्ता मुलुकको समृद्धि हासिल गर्नेतर्फ उन्मुख हुनु पर्दछ ।

    नेपालमा सामाजिक सुरक्षाको अवधारणा लागु गर्ने सन्दर्भमा स्वर्गीय मनमोहन अधिकारी प्रधानमन्त्री भएका बेला बृद्धबृद्धालाई मासिक भत्ता वितरण गर्ने कार्यक्रम नै यस क्षेत्रका लागि सवैभन्दा प्रगतिशिल कदम भएको मानिन्छ । सोहिअनुसार अहिलेसम्म पनि नेपाल सरकारले वृद्धवृद्धाका लागि सामाजिक सुरक्षा भत्तासहित अन्य सुविधा तथा अधिकारहरुको सुनिश्चितता लाई निरन्तरता दिंदै आएको छ । तर पछिल्ला दिनहरुमा परिवार तथा समाजबाट नै वृद्धवृद्धाहरु अपहेलित हुने क्रम बढेको भन्दै सर्वत्र चासो र चिन्ता प्रकट पनि हुन थालेका छन् ।