३ वर्ष पहिले
असोज-१४, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ७८ जनाले संक्रमित थपिएका हुन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ८ लाख ८६ हजार ९ सय ९४ जना पुगेको छ ।
२४ घण्टामा ८ हजार ५ सय ५५ जनाको पिसिआर परीक्षण गर्दा ८ सय ९८ जनामा कोरोना पोजेटिभ देखिएको छ । हाल सम्ममा ४२ लाख ५ हजार ३ सय ८२ जनाको पिसिआर भएको जनाईएको छ ।
पछिल्लो २४ घण्टामा ३ हजार २ सय १० जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा १ सय ८० जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५ लाख ७७ हजार ८ सय ३५ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।
देशभर सक्रिय संक्रमितको संख्या १८ हजार १ सय ६८ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या १६ हजार ८ सय २ रहेको छ भने संस्थागत आइसोलेसनमा १ हजार ३ सय ६६ छ।
२४ घण्टामा ९ सय ११ जना निको भएका छन् । कुल निको हुनेको संख्या ७ लाख ६५ हजार ७ सय ५८ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८६.३३ रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको १२ संख्या जना रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार १ सय ३६ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा २ सय ३८ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ३ सय ५३ जना र भेन्टिलेटरमा १ सय १७ जनाको उपचार भईरहेको छ ।