३ वर्ष पहिले
असोज-१७, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ सय ७९ जनाले संक्रमित थपिएका हुन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ८ लाख ८९ हजार २ सय २६ जना पुगेको छ ।
२४ घण्टामा ७ हजार ७० जनाको पिसिआर परीक्षण गर्दा ५ सय ७४ जनामा कोरोना पोजेटिभ देखिएको छ । हाल सम्ममा ४२ लाख २८ हजार १ सय ६३ जनाको पिसिआर भएको जनाईएको छ ।
पछिल्लो २४ घण्टामा ३ हजार ८ सय ५० जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा १ सय ५ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५ लाख ८७ हजार ५ सय ६१ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।
देशभर सक्रिय संक्रमितको संख्या १६ हजार ८ सय ४ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या १५ हजार ५ सय ३४ रहेको छ भने संस्थागत आइसोलेसनमा १ हजार २ सय ७० छ।
२४ घण्टामा १ हजार ४ सय ५ जना निको भएका छन् । कुल निको हुनेको संख्या ७ लाख ६९ हजार २ सय २४ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८६.५० रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको ७ संख्या जना रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार १ सय ६५ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा २ सय ५२ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ३ सय ३७ जना र भेन्टिलेटरमा १ सय ४ जनाको उपचार भईरहेको छ ।