३ वर्ष पहिले
असोज-२३, नेपालबाट केहि ढिलो गरी मनसुन बहिरिएको छ ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको अनुसार मनसुनको बहिर्गमन सामान्यतया अक्टोबर २ भएता पनि यस वर्षको मनसुन औसत मिति भन्दा केही पछाडी सरेर अक्टोबर २२ गते शुक्रबार वर्षको मनसुन नेपालको सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका सम्पूर्ण भू-भाग, लुम्बिनी प्रदेशको पश्चिमी भु-भागबाट बाहिरिएको हो ।
आगामी केही दिनमा देशका बाँकी भू-भागहरुबाट मनसुन बहिर्गमन हुने अनुमान गरिएको छ।नेपालको मौसमलाई प्रत्यक्ष प्रभाव पार्ने उल्लेखनिय मौसम प्रणाली जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।