३ वर्ष पहिले
असोज-२३, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ सय ६० जनाले संक्रमित थपिएका हुन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ८ लाख ९४ हजार ५ सय ९६ जना पुगेको छ ।
२४ घण्टामा ७ हजार १ सय ६८ जनाको पिसिआर परीक्षण गर्दा ६ सय ३६ जनामा कोरोना पोजेटिभ देखिएको छ । हाल सम्ममा ४२ लाख ७९ हजार ७ सय ७ जनाको पिसिआर भएको जनाईएको छ ।
पछिल्लो २४ घण्टामा ५ हजार ८ सय ७३ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा १ सय २४ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ६ लाख ११ हजार ७ सय ९५ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।
देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ३ सय ४० रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या १४ हजार १ सय ६८ रहेको छ भने संस्थागत आइसोलेसनमा १ हजार १ सय ७२ छ।
२४ घण्टामा ८ सय ९९ जना निको भएका छन् । कुल निको हुनेको संख्या ७ लाख ७५ हजार ७२ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८६.६३ रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको ११ संख्या जना रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार २ सय २१ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा २ सय ३६ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ३ सय १७ जना र भेन्टिलेटरमा १ सय १३ जनाको उपचार भईरहेको छ ।