× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा ७९२ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुनेको संख्या ९१०

    ३ वर्ष पहिले

    असोज-२६, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ सय ९२ जनाले संक्रमित थपिएका हुन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ८ लाख ९६ हजार ७ सय ६९ जना पुगेको छ ।

    २४ घण्टामा ७ हजार ६० जनाको पिसिआर परीक्षण गर्दा ६ सय ९१ जनामा कोरोना पोजेटिभ देखिएको छ । हाल सम्ममा ४३ लाख ३ हजार २ सय ३१ जनाको पिसिआर भएको जनाईएको छ ।

    २४ घण्टामा २ हजार ५ सय ५९ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा १ सय १ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ६ लाख २२ हजार ४ सय ८३ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ५ सय ५४ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या १३ हजार ४ सय ५९ रहेको छ भने संस्थागत आइसोलेसनमा १ हजार १ सय ९५ छ।

    २४ घण्टामा ९ सय १० जना निको भएका छन् । कुल निको हुनेको संख्या ७ लाख ७७ हजार ७ सय ४१ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८६.७२ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको १४ संख्या जना रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार २ सय ५७ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा २ सय ३१ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ३ सय ६ जना र भेन्टिलेटरमा १ सय २ जनाको उपचार भईरहेको छ ।