× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    साफ च्याम्पियनसिप : उपाधिका लागि नेपाल भारतसँग भिड्ने

    ३ वर्ष पहिले

    असोज-२८,माल्दिभ्समा जारी साफ च्याम्पियनसिप २०२१ को उपाधिका लागि नेपाल भारतसँग भिड्ने भएको छ।

    गएराति भारतले आयोजक एवं डिफेन्डिङ च्याम्पियन माल्दिभ्सलाई ३/१ गोल अन्तरले हराउँदै फाइनल प्रवेश गरेको हो। भारतलई जिताउने क्रममा भारतीय टिमका क्याप्टेन सुनिल क्षेत्रीले दुई गोल र मानबीर सिंहले एक गोल गरेका थिए। माल्दिभ्सको तर्फबाट अस्फकले एक गोल फर्काएका थिए ।

    यसअघि नै नेपाल बङ्गलादेशसँग १/१ गोलको बराबरी खेली फाइनल प्रवेश गरिसकेको छ ।

    नेपालले ४ खेलबाट ७ अंक बटुलि दोस्रो स्थानमा रहदै फाइनल प्रवेश गरेका हो भने भारतले ४ खेलबाट ८ अंक बटुल्दै पहिलो स्थानमा रहेर फाइनलमा नेपालसँग भेट पक्का गरेको हो ।फाइनल खेल शनिबार हुनेछ ।