× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा ४५५ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुनेको संख्या ८०४

    ३ वर्ष पहिले

    असोज-२८, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ सय ५५ जनाले संक्रमित थपिएका हुन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ८ लाख ९७ हजार ५ सय ८९जना पुगेको छ ।

    २४ घण्टामा ३ हजार १ सय १८ जनाको पिसिआर परीक्षण गर्दा ३ सय ९८ जनामा कोरोना पोजेटिभ देखिएको छ । हाल सम्ममा ४३ लाख १० हजार ३ सय २० जनाको पिसिआर भएको जनाईएको छ ।

    २४ घण्टामा २ हजार ७ सय ९६ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ५७ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ६ लाख २७ हजार २ सय २ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या १३ हजार ८ सय ५३ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या १२ हजार ७ सय ९१ रहेको छ भने संस्थागत आइसोलेसनमा १ हजार ६२ छ।

    २४ घण्टामा ८ सय ४ जना निको भएका छन् । कुल निको हुनेको संख्या ७ लाख ७९ हजार १ सय ५४ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८६.८० रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको ८ संख्या जना रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार २ सय ६९ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा २ सय ३० जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ३ सय १० जना र भेन्टिलेटरमा १ सय ५ जनाको उपचार भईरहेको छ ।