× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    केही स्थानमा भारी वर्षाको सम्भावना रहेको ले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग को अनुरोध

    ३ वर्ष पहिले

    कार्तिक-३,जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको अनुसार देशको अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली रहि प्रदेश १, बाग्मती, गण्डकी, सुदुरपश्चिम प्रदेशका केही स्थानहरुमा र बाकी प्रदेशका एक-दई स्थानहरूमा हल्का देखि मध्यम बर्षा भइरहेको छ । प्रदेश न १ थोरै स्थानमा भारी बर्षा समेत भएको छ ।

    आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहने छ। प्रदेश १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरुका साथै बाकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका मध्य र पूर्वी उच्च पहाडी तथा हिमाली भूभागहरुका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपात तथा पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागहरुका हल्का हिमपातको समेत सम्भावना छ । प्रदेश १ का केही र प्रदेश २, बागमती, गण्डकी, लुम्विनी प्रदेशका एक दुई स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

    त्यसैगरी राती देशभर सामान्य बदली रहने छ। प्रदेश १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा साथै बाकी प्रदेशका एक-दुई स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका मध्य र पूर्वी उच्च पहाडी तथा हिमाली भूभागहरुका हल्का हिमपातको समेत सम्भावना छ । प्रदेश १ को एक दुई स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

    मौसम विज्ञान विभागले प्रदेश १, प्रदेश २, लुम्विनी तथा गण्डकी प्रदेशका केही स्थानहरू, वागमती प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग भारी वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।