× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    बाढीपहिरो र डुबानमा परेर मृत्यु हुनेको संख्या ५२ पुग्यो

    ३ वर्ष पहिले

    कार्तिक-३, बेमौसमी वर्षापछि मुलुकको विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परेर ५२ जनाको मृत्यु भएको छ । ३१ जना बेपत्ता भएका छन् ।

    गृह मन्त्रालयले जनाए अनुसार मृत्यु हुनेमा सबैभन्दा बढी इलाममा १३ र डोटीमा १२ जना छन् । त्यस्तै हुम्ला, धनकुटा र पाँचथरमा ६-६ जनाको मृत्यु भएको छ ।

    बैतडीमा चार, कालीकोटमा एक, डडेलधुरामा एक, प्यूठानमा एक, सुनसरीमा दुई र उदयपुरमा एकजनाको मृत्यु भएको छ ।

    पहिरोमा परेर सबैभन्दा बढी बझाङमा २३ जना बेपत्ता भएका छन् । यस्तै डोटीमा एक, प्यूठानमा दुई, इलाममा पाँचजना बेपत्ता छन् । विभिन्न जिल्लामा अहिलेसम्म २३ जना घाइते भएका छन् ।

    हराएकाहरूको खोजी कार्य र फसेकाहरूको उद्धार कार्य जारी रहेको गृह मन्त्रालयले जनाएको छ ।