× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    नेकपा एमालेको दशौं महाधिवेशन मंसिर १० देखि १२ गते सम्म चितवनमा हुने

    ३ वर्ष पहिले

    कार्तिक-४, नेकपा एमालेको दशौं महाधिवेशन मंसिर १०,११ र १२ गते चितवनमा हुने भएको छ ।बिहीबार बसेको स्थायी कमिटी बैठकले महाधिवेशन चितवनमा गर्ने निर्णय गरेको हो ।

    यस अघि प्रथम विधान महाअधिवेशनमा पार्टीको दशौं महाधिवेशन बुटवलमा गर्ने प्रस्ताव गरेको भएपनि बिहीबार च्यासलमा बसेको स्थायी कमिटी बैठकले चितवनमा गर्ने निर्णय गरेको हो ।

    महाधिवेशनको तयारी गर्न मूल व्यवस्थापन समिति पनि गठन भएको छ । रामबहादुर थापा बादलको संयोजकत्वमा २१ सदस्यीय मूल व्यवस्थापन समिति गठन भएको हो । समितिको सदस्यहरु सुरेन्द्र पाण्डे, योगेश भट्टराई, विष्णु रिमाल, काशीनाथ अधिकारी, राजन भट्टराई, देवी ज्ञवाली, विनोद श्रेष्ठ, सीता पौडेल, आनन्द पोखरेल, कपिल पोखरेल, कृष्णभक्त पोखरेल, पार्वती रावल रहेका छन् ।

    त्यसैगरी सातै प्रदेश र सम्पर्क समन्वय कमिटीको प्रतिनिधि मूल व्यवस्थापन समितिमा रहने बैठकले निर्णय गरेको छ । बैठकले बाढी, पहिरो र डुवान प्रभावित क्षेत्रको वडा अधिवेशन र पालिका अधिवेशन सार्ने निर्णय गरेको छ ।

    तर कात्तिकभित्र सबै वडा र पालिका अधिवेशन गरिसक्ने पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जनाएका छन् । एमालेले कात्तिक ६ मा तोकिएको वडा र कात्तिक ९ मा पालिका अधिवेशन गर्ने तयारी गरेको छ ।