× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    मु–ना सडक खण्डमा बस दुर्घटना, १५ घाइते ।

    ३ वर्ष पहिले

    कार्तिक ५, मुग्लिन
    मुग्लिन–नारायणगढ सडक खण्ड अन्तरगत चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ६ स्थित तुइन खोला पुलमा आज दिउसो बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । नारायणगढबाट मुग्लिन तर्फ आउदै गरेको लु २ ख २३९ नम्बरको यात्रुबाहक बस अनियन्त्री भई सडक किनारको ग्याभिनमा ठक्कर खादा दुर्घटना भएको ट्राफिक प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्र.स.नि. बब्लु ठाकुरले हाइवे समाचारलाई जानकारी दिएका छन् । घाइतेहरु मध्ये १५ जनालाई भरतपुर, ५ जनालाइ काठमाण्डौ उपचारको लागि पठाइएको र सामान्य चोटपटक लागेका घाइतेहरुलाई मुग्लिन स्थित रहेको मुग्लिन हाइवे हस्पिटलमा उपचारपछि घर पठाएको प्रहरीले बताएका छन् ।