× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    चितवनमा एस्ट्रोजेनेका/ कोभिसिल्ड र भेरोसेल को पहिलो मात्रा लगाएर बसेका नागरिकले कार्तिक ७ देखि १० गतेसम्म खोपको दोस्रो मात्रा पाउने

    ३ वर्ष पहिले

    कार्तिक-५, चितवनमा एस्ट्रोजेनेका/कोभिसिल्ड र भेरोसेल खोपको पहिलो मात्रा लगाएर बसेका नागरिकले कार्तिक ७ देखि १० गतेसम्म खोपको दोस्रो मात्रा पाउने भएको छ ।

    जिल्ला स्वास्थ्य कार्यालय चितवनले जनाए अनुसार कालिका र रत्ननगर नगरपालिकामा एस्ट्रोजेनेका/कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएर बसेका ब्यक्तिहरुले कार्तिकको ७ र ८ गते र खैरहनी कालिका र रत्ननगर नगरपालिकामा कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएर बसेकाहरुले कार्तिक ९ र १० गते साविककै खोप केन्द्रहरुमा खोपको दोस्रो मात्रा लगाउन सकिनेछ ।

    त्यसैगरी भरतपुर महानगरपालिका, राप्ती नगरपालिका र ईच्छाकामना गाउँपालिकामा भेरोसेल खोपको पहिलो मात्रा लगाएर बसेकाहरुले कार्तिकको ७ र ८ गते र भरतपुर महानगरपालिकामा एस्ट्रोजेनेका/कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएर बसेकाहरुले कार्तिक ७ ८ र ९ गते साविककै खोप केन्द्रहरुमा खोपको दोस्रो मात्रा लगाउन सकिने जनाएको छ ।

    खोपको पहिलो मात्रा लगाएर २१ दिन पुरा भएको र दोस्रो मात्रा लगाउन छुटेका लक्षित समूहलाई लक्षित गरी यो खोप अभियान सञ्चालनमा आएको हो ।