× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    आज नेकपा एमालेको देशभर पालिकास्तरको अधिवेशन

    ३ वर्ष पहिले

    कार्तिक-९, नेकपा (एमाले) ले मङ्गलबार देशभरका स्थानीय पालिका स्तरका कमिटीको अधिवेशन गराउँदैछ ।

    यसअघि यही कात्तिक ६ गते बाढी पहिरो प्रभावित केही स्थानमा बाहेक सबै वडास्तरमा अधिवेशन सम्पन्न गरेको थियो ।

    एमालेले दसौँ राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा ७५३ पालिकास्तरमा अधिवेशन हुन लागेको हो । विशेष क्षेत्रअन्तर्गतका इलाकाको पनि एकैसाथ अधिवेशन हुनेछ ।

    अधिवेशनको पार्टीका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको केन्द्रीय कार्यालय, थापाथलीको वार रुमबाट दिउँसो १ बजे भर्चुअल माध्यमबाट उद्घाटन गर्ने कार्यक्रम रहेको जनाइएको छ। सोका लागि प्राविधिकलगायत तयारी पूरा भएको बताएका छन् ।