३ वर्ष पहिले
कार्तिक-१३, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ सय ७२ जनाले संक्रमित थपिएका हुन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ९ लाख ६ हजार ६ सय ९७ जना पुगेको छ ।
२४ घण्टामा ५ हजार ३ सय १६ जनाको पिसिआर परीक्षण गर्दा २ सय ९७ जनामा कोरोना पोजेटिभ देखिएको छ । हाल सम्ममा ४४ लाख १५ हजार ४३ जनाको पिसिआर भएको जनाईएको छ ।
२४ घण्टामा २ हजार ५ सय ९५ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ५९ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ६ लाख ५८ हजार ९ सय ५२ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।
देशभर सक्रिय संक्रमितको संख्या ९ हजार ५ सय २६ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या ८ हजार ७ सय ४६ रहेको छ भने संस्थागत आइसोलेसनमा ७ सय ८० छ।
२४ घण्टामा ९ सय ११ जना निको भएका छन् । कुल निको हुनेको संख्या ७ लाख ९१ हजार २ सय ६९ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८७.२६ रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको ११ संख्या जना रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ३ सय ९९ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा २ सय १२ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले २ सय ३४ जना र भेन्टिलेटरमा ६८ जनाको उपचार भईरहेको छ ।