× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    सुजिता बस्नेतले जितिन् मिस नेपाल युनिभर्स २०२१ को उपाधि

    ३ वर्ष पहिले

    कार्तिक-१४, सुजिता बस्नेतले मिस नेपाल युनिभर्स २०२१ को उपाधि जितेकी छिन् । शनिबार भएको सो प्रतियोगिताको ग्रान्ड फिनालेमा उनले उपाधि हासिल गरेकी हुन् ।

    लामो समयदेखि अमेरिकामा बस्दै आएकी सुजिताले यसअघि मिस नेपाल अमेरिकाको उपाधि जितेकी थिइन् । उनले १० लाख रुपैयाँ नगदसहित आगामी डिसेम्बरमा इजरायलमा हुने मिस युनिभर्समा भाग लिने मौका पाएकी छिन् ।

    सो सुन्दरी प्रतियोगितामा निनाकान्त मण्डल फस्ट रनरअप, रक्षा उप्रेती सेकेन्ड रनरअप, प्रतीक्षा महरा थर्ड रनरअप र केशु खड्का फोर्थ रनरअप घोषित भए ।

    पूर्वमिस इन्डिया ऋतुसिंह वैद्य, मेकअप आर्टिस्ट स्नेह राणा, गायिका इन्दिरा जोशी, पत्रकार सरिताश्री ज्ञवाली, पूर्वमिस नेपाल इशानी श्रेष्ठ र कर्पोरेट ट्रेनर मानसी अग्रवाल जजको रुपमा रहेको थियो।