× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    मुख्यमन्त्री बन्ने खुसीमा राजेन्द्र राईले स्याम्पेन उडाएर उत्सव मनाए

    ३ वर्ष पहिले

    कार्तिक-१६, प्रदेश १ को मुख्यमन्त्री बन्ने तयारीमा रहनुभएका राजेन्द्र राईले केक काट्दै स्याम्पेन उडाएर उत्सव मनाएका छ ।

    प्रदेश एकका मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएसँगै विपक्षी गठबन्धनको तर्फबाट ४९ सांसदको समर्थनमा मुख्यमन्त्री पक्का गरेपछि राईले पार्टी दिनुभएको हो ।

    इटहरीको एक होटेलमा सोमबार राति आयोजित कार्यक्रममा राईले भावी मुख्यमन्त्रीका रूपमा केक समेत काटेर खुसी साट्नुभयो । उहाँले केक काट्दै गरेको भिडियो ४ मिनेट २७ सेकेण्डको छ । त्यहाँ उहाँले केक काटेर स्याम्पेन उडाउनुभएको छ ।

    सामाजिक सञ्जालमा राखिएको भिडियो विवादमा आएपछि केही समयमै डिलिट गरिएको थियो ।