× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    आज काग तथा कुकुर तिहार

    ३ वर्ष पहिले

    कार्तिक-१७, कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने तिहार हिजो बेलुकी यमदीपदान दिएर सुरु भए पनि तिथिको घटबढका कारण काग तिहार र कुकुर तिहार दुबै आज परेको छ ।

    धार्मिक मान्यता अनुसार काग र कुकुरलाई पूजा गरी विविध खानेकुरा दिई तिहार मनाइँदैछ ।

    इमानदार पहरेदार जन्तुका रूपमा परापूर्वकालदेखि परिचित कुकुरलाई वर्षमा एकपटक आजको दिन यमदूतका रूपमा पूजा गर्ने चलन छ ।आज गृहस्थीहरूले कुकुरको पूजा गरी माला लगाई खाना खान दिने गर्छन् । आजका दिनलाई ‘नरक चतुर्दशी’ पनि भन्ने गरिन्छ ।

    आजका दिन बिहान सबेरै नजिकको खोला तथा तलाउमा नुहाई नरक बगाउने गरिन्छ । सत्यवादी धर्मराज युधिष्ठिरलाई स्वर्गयात्रामा समेत साथ दिने सौभाग्य पाएको कुकुरको मानव जातिसँंग घनिष्ठ सम्बन्ध रहिआएको छ ।

    यमपञ्चकमा काग, कुकुर, गाई र बहरजस्ता पशुपक्षीको पूजा गरी सम्मान गर्नु प्रकृतिका सबै जीवसँग मानव जातिको सह–अस्तित्व रहिआएको छ भन्ने जीवनदर्शनको प्रतीकका रूपमा नेपाली संस्कृतिमा परापूर्वकालदेखि रहेको पाइन्छ ।