× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा १३९ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुनेको संख्या ३९६

    ३ वर्ष पहिले

    कार्तिक-२०, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ सय ३९ जना नयाँ संक्रमित थपिएका छन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ९ लाख ९ हजार ३ सय ३२ जना पुगेको छ ।

    २४ घण्टामा २ हजार १ सय १३ जनाको पिसिआर परीक्षण गर्दा १ सय २८ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ४४ लाख ४९ हजार ६ सय ३४ जनाको पिसिआर भएको जनाईएको छ ।

    २४ घण्टामा १ हजार ७ सय ९८ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ११ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ६ लाख ७९ हजार २ सय ८४ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ८ हजार १ सय ४४ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या ७ हजार ५ सय २४ रहेको छ भने संस्थागत आइसोलेसनमा ६ सय २० छ।

    २४ घण्टामा ३ सय ९६ जना निको भएका छन् । कुल निको हुनेको संख्या ७ लाख ९४ हजार ८ सय ३४ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८७.४० रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको १ संख्या जना रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ४ सय ३९ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा १ सय १५ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले १ सय ९६ जना र भेन्टिलेटरमा ५० जनाको उपचार भईरहेको छ ।