× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पुर्व गाविस अध्यक्ष विष्णु लामाको निधनमा ईच्छाकामना गाउँपालिका एकदिन बन्द हुने

    ३ वर्ष पहिले

    कार्तिक-२३, ईच्छाकामना गाउँपालिका अन्तर्गतको साबिकको दारेचोक गाउँ विकास समितिका पुर्व अध्यक्ष विष्णु लामाको निधनमा गाउँपालिका मातहतका सम्पुर्ण कार्यालय आज एक दिन बन्द रहने गाउँपालिका उपाध्यक्ष कृतिकुमार श्रेष्ठले बताउनुभयो ।

    ईच्छाकामना गाउँपालिकाले शोक वक्तव्य जारी गर्दै गाउँपालिकाको विकासमा अत्यन्त क्रियाशील लामाको निधनले गाउँपालिकालाई अपुरणीय क्षति भएको जनाउँदै उहाँको योगदानको उच्च कदर गर्ने जनाएको छ।

    नेपाली कांग्रेसको तर्फबाट २०५४ सालको स्थानीय निर्वाचनमा साविकको दारेचोक गाविसमा अध्यक्ष पदमा विजय हुनु भएका सरल स्वभावका स्वर्गीय लामा गाविसमा अत्यन्त लोकप्रिय विकासप्रेमी नेताको रुपमा परिचित थिए।