× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा २९५ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुनेको संख्या ४७८

    ३ वर्ष पहिले

    कार्तिक-२७, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ सय ९५ जना नयाँ संक्रमित थपिएका छन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ९ लाख ११ हजार ८ सय ४७ जना पुगेको छ ।

    २४ घण्टामा ५ हजार २ सय २५ जनाको पिसिआर परीक्षण गर्दा २ सय ६० जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ४४ लाख ९८ हजार ५ सय १३ जनाको पिसिआर भएको जनाईएको छ ।

    २४ घण्टामा ३ हजार १८ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ३५ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ६ लाख ९३ हजार २ सय ७६ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ७ हजार २ सय ७८ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या ६ हजार ७ सय ५२ रहेको छ भने संस्थागत आइसोलेसनमा ५ सय २६ छ।

    २४ घण्टामा ४ सय ७८ जना निको भएका छन् । कुल निको हुनेको संख्या ७ लाख ९७ हजार ९ सय २६ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८७.५० रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको २ संख्या जना रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ४ सय ७१ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा ९८ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले १ सय ९३ जना र भेन्टिलेटरमा ५७ जनाको उपचार भईरहेको छ ।