× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा ३०६ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुनेको संख्या ३४८

    ३ वर्ष पहिले

    कार्तिक-२८, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ सय ६ जना नयाँ संक्रमित थपिएका छन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ९ लाख १२ हजार १ सय ५३ जना पुगेको छ ।

    २४ घण्टामा ८ हजार ८ जनाको पिसिआर परीक्षण गर्दा २ सय ९१ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ४५ लाख ६ हजार ५ सय २१ जनाको पिसिआर भएको जनाईएको छ ।

    २४ घण्टामा १ हजार ५ सय ९८ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा १५ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ६ लाख ९४ हजार ८ सय ७४ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ७ हजार २ सय १५ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या ६ हजार ६ सय ९९ रहेको छ भने संस्थागत आइसोलेसनमा ५ सय १६ छ।

    २४ घण्टामा ३ सय ४८ जना निको भएका छन् । कुल निको हुनेको संख्या ७ लाख ९८ हजार ६ सय २२ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८७.५५ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको ६ संख्या जना रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ४ सय ७७ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा ९८ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले २ सय २२ जना र भेन्टिलेटरमा ६७ जनाको उपचार भईरहेको छ ।