× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा ४१६ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुनेको संख्या २७९

    ३ वर्ष पहिले

    कार्तिक-२९, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ सय १६ जना नयाँ संक्रमित थपिएका छन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ९ लाख १२ हजार ५ सय ६९ जना पुगेको छ ।

    २४ घण्टामा ७ हजार ५ सय ५४ जनाको पिसिआर परीक्षण गर्दा ३ सय ६७ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ४५ लाख १४ हजार ७५ जनाको पिसिआर भएको जनाईएको छ ।

    २४ घण्टामा ४ हजार ८ सय ४८ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ४९ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ६ लाख ९९ हजार ७ सय २२ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ३ सय ११ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या ६ हजार ७ सय ७९ रहेको छ भने संस्थागत आइसोलेसनमा ५ सय ३२ छ।

    २४ घण्टामा २ सय ७० जना निको भएका छन् । कुल निको हुनेको संख्या ७ लाख ९८ हजार ८ सय ९२ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८७.५० रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको १ संख्या जना रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ४ सय ७८ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा ९८ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले २ सय २५ जना र भेन्टिलेटरमा ६६ जनाको उपचार भईरहेको छ ।