× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    विश्वकै प्रदूषित सहरको पहिलो स्थानमा पाकिस्तानको लाहोर, काठमाडौं ११ औं स्थानमा

    ३ वर्ष पहिले

    मंसिर-२, विश्वमै सबैभन्दा प्रदूषित सहरको नम्बर एकमा पाकिस्तानको लाहोर परेको छ भने काठमाडौं १३ औं स्थानमा परेको छ ।

    वायु गुणस्तर अनुगमनसम्बन्धी स्वीस प्रविधि कम्पनी आईक्युएयरले लाहोर विश्वकै सवैभन्दा प्रदूषित सहर भएको देखाएको हो ।

    आईक्युएयरले जारी गरेको सुची अनुसार लाहोर वायु गुणस्तर सूचांक (एक्यूआई) २९६ का साथ पहिलो नम्बरमा परेको छ भने चिनको बेइजिङ सहरको एक्यूआई १९५ का साथ दोस्रो र तेस्रो प्रदूषित सहरमा एक्यूआई १९४ साथ भारतको दिल्ली परेको छ ।

    नेपालको राजधानी काठमाडौं एक्यूआई १४९ का साथ विश्वकै प्रदूषित सहरहरू मध्ये ११ स्थानमा रहेको छ।

    सामान्यतय ०-५० सम्म एक्यूआई लाई राम्रो, ५१-१०० सम्मलाई मध्यम, १०१ देखि १५० एक्यूआई भएकोलाई संवेदनशील स्वास्थ्य अवस्था भएकोलाई अस्बस्थकर ,१५१-२०० एक्यूआईलाई सबैको लागि अस्बस्थकर वायु प्रदुषण ,२०१-३०० भएकोलाई अति अस्बस्थकर प्रदुषण र ३०१ देखि माथि आईक्युएयर भएकोलाई खतरनाक वायु प्रदुषण मानिन्छ।