× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    आज कांग्रेस महाधिवेशन अन्तर्गत प्रदेशसभा निर्वाचन क्षेत्रको अधिवेशन

    ३ वर्ष पहिले

    मंसिर-३,नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत आज (शुक्रबार)देखि प्रदेशसभा निर्वाचन क्षेत्रको अधिवेशन शुरु हुँदैछ ।

    देश संघीय व्यवस्थामा गएसँगै कांग्रेसले पहिलोपटक प्रदेश निर्वाचन क्षेत्र अधिवेशन गर्दैछ। देशभर ३३० वटा प्रदेश निर्वाचन क्षेत्र रहेका छन्।

    कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज देशैभरिका तीन सय ३० प्रदेशमा अधिवेशन हुने जानकारी दिएका हुन् । कांग्रेस केन्द्रीय महाधिवेशन २४-२६ मंसिरमा काठमाडौँमा हुने कार्यतालिका छ ।

    कांग्रेस विधानअनुसार प्रदेश निर्वाचन क्षेत्र अधिवेशनबाट एक सभापति, दुई उपसभापति, दुई सचिव र दुई सहसचिवसहित १६ जना कार्यसमिति सदस्य निर्वाचित हुनेछन्। नवनिर्वाचित सभापतिले कोषाध्यक्ष र २० प्रतिशत सदस्य मनोनीत गर्नेछन्।

    यसअघि नै १४ हिमाली जिल्लामा कांग्रेसको जिल्ला अधिवेशन सम्पन्न भइसकेको छ।

    तर, अझै सर्लाही, सिन्धुपाल्चोक र रसुवामा वडा र गाउँपालिका तहमा विवाद कायमै छ ।

    विवादित प्रदेश निर्वाचन क्षेत्रबाहेक अन्य ठाउँमा शुक्रबार नै अधिवेशन हुने र मंसिर ३ मा अधिवेशन हुन नसकेका प्रदेश निर्वाचन क्षेत्रमा निर्वाचन समितिले नयाँ मिति तय गरेर अधिवेशन गराउने कांग्रेस प्रवक्ता शर्माले बताएका छन् ।