× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    मृतकका परिवारले पाए ८ लाख ९३ हजार बीमा दाबी भुक्तानी

    ३ वर्ष पहिले

    मंसिर-५, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मुग्लिनमा जीवन बीमा गराएका स्व. रुबिना गुरुङको परिवारलाई रु ८ लाख ९३ हजार १ सय ६० मत्यु दाबी भुक्तानी गरेको छ । दुर्घटनाका कारणले मृत्यु भएका गुरुङको परिवारलाई नेपाल लाइफ इन्स्योरेन्स कम्पनि मुग्लिनका शाखाका प्रमुख लगायतको टोलीले गुरुङका श्रीमान् निर्मल गुरुङलाई सो रकम हस्तान्तरण गरेको हो ।

    केही समय अगाडी दुर्घटनाका कारण मृत्यु भएका गुरुङले नेपाल लाइफ इन्स्योरेन्समा जिवन बिमा गराएका थिए । करीब ४ लाख २५ हजारको जिवन बिमा गराएका गुरुङलेले २ किस्ता वापतको ४० हजार ८ सय २२ रुपैयाँ मात्र बुझाए पछि उनको निधन भएको थियो ।

    सो मृत्यु दाबी वापतको रकम नेपाल लाइफ इन्स्योरेन्सका मुग्लिन शाखा प्रमुख सुर्यप्रसाद अधिकारीले अभिकर्ता सविना गुरुङ, सिनियर एजेन्सि म्यानेजर शान्ति देवकोटा, विमितको दिदि, भिनाजु को उपस्थितमा मृतकका श्रीमानलाई चेक हस्तान्तरण गर्नुभएको थियो ।

    सोही क्रममा मुग्लिन शाखा प्रमुख सुर्यप्रसाद अधिकारीले दुखद घटनाबाट शोकाकुल परिवारमा समबेदना प्रकट गर्नु हुदै कम्पनिले मृत्यु दाबी भुक्तानीलाई उच्च प्राथमिकतामा राखेको बताउनुभयो ।