× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    एमाले महाधिवेशनको उद्घाटन हुने दिन नारायणगढको यी सडकमा सवारी प्रवेशमा रोक

    ३ वर्ष पहिले

    मंसिर-९, नेकपा एमालेको १०औँ महाधिवेशन शुक्रबार नारायणी नदी किनारमा उद्घाटन समारोह हुँदै गर्दा कार्यक्रमलाई लक्षित गरी चितवनको नारायणगढ भरतपुरको केही स्थानमा सवारी साधन प्रवेशमा रोक लगाइएको छ ।

    उद्घाटन सत्रमा विभिन्न राजनीतिक दलका शीर्ष नेतादेखि विदेशी पाहुनाको उपस्थिति हुने भएकाले सवारी व्यवस्थापनका लागि केही स्थानमा सवारी साधन प्रवेशमा रोक लगाइएको हो ।

    पुलचोकदेखि चौबिसकोठी हुँदै केन्द्रीय बसपार्क चोकसम्म, हाकिमचोक देखि गौरीगन्ज जाने सडक, चौबिसकोठीदेखि त्रिचोक खण्ड, सहिद चोकबाट उत्तर र दक्षिण जाने खण्ड, पुलचोकबाट उत्तर र दक्षिण जाने खण्ड र रमाइलो चोकबाट विशाल चोक निस्किने खण्डमा सवारीसाधान सञ्चालनमा रोक लगाइएको छ ।

    ट्राफिक व्यवस्थापनका लागि भन्दै सार्वजनिक गरिएको नक्सामा रातो धर्को तानिएको सडकखण्डमा सवारी साधनको प्रवेशमा रोक लगाइएको छ ।