३ वर्ष पहिले
मंसिर-९, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ सय ८ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ९ लाख १५ हजार ७ सय ९ जना पुगेको छ ।
२४ घण्टामा ७ हजार १ सय ४ जनाको पिसिआर परीक्षण गर्दा २ सय ८१ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ४५ लाख ९१ हजार ६ सय ६० जनाको पिसिआर भएको जनाईएको छ ।
२४ घण्टामा १ हजार ८ सय ५ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा २७ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ७ लाख २१ हजार ३ सय ६१ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।
देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ३ सय ४९ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या ६ हजार ९ सय ६१ रहेको छ भने संस्थागत आइसोलेसनमा ३ सय ८८ छ।
२४ घण्टामा २ सय ९८ जना निको भएका छन् । कुल निको हुनेको संख्या ८ लाख १ हजार ४ सय २० पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८७.५१ रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको ३ संख्या जना रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ५ सय १६ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा १ सय ३ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले १ सय ९७ जना र भेन्टिलेटरमा ४१ जनाको उपचार भईरहेको छ ।