× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    इटाली र पोर्चुगल मध्ये एकले मात्र विश्वकपमा स्थान बनाउन सक्ने

    ३ वर्ष पहिले

    मंसिर-११, युरोपियन फुटबलका पावरहाउस ईटाली र पोर्चुगल मध्ये एकले मात्र कतारमा हुने विश्वकपमा स्थान बनाउने भएको छ ।

    शुक्रबार निकालिएको युरोपियन क्वालिफायर ‘ड्र’ मा इटाली र पोर्चुगल एउटै समूहमा परेका पछि दुई टोली मध्ये एक टोलीको विश्वकप खेल्न सपना अधुरो हुने भएको हो ।

    प्लेअफको ‘ड्र’ मा दुबै टोलि समुह सि मा परेको छ ।जसमा इटाली ले उत्तर मेसोडोनिया र पोर्चुगलले टर्कीको सामना गर्ने छन्।यि दुई टोलिको विजेता विजेता भिड्दा जित्नेले विश्वकपको टिकट पाउने छन् भने हार्ने टोलिको विश्वकप खेल्न सपना अधुरो हुने छ।