३ वर्ष पहिले
मंसिर-११, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ सय १३ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ९ लाख १६ हजार १ सय ९२ जना पुगेको छ ।
२४ घण्टामा ४ हजार ९ सय ७ जनाको पिसिआर परीक्षण गर्दा १ सय ९७ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ४६ लाख ४ हजार ३ सय ९६ जनाको पिसिआर भएको जनाईएको छ ।
२४ घण्टामा १ हजार ७ सय २५ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा १६ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ७ लाख २५ हजार ७ सय ३ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।
देशभर सक्रिय संक्रमितको संख्या ७ हजार १ सय ५६ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या ६ हजार ७ सय ६१ रहेको छ भने संस्थागत आइसोलेसनमा ३ सय ९५ छ।
२४ घण्टामा ३ सय २५ जना निको भएका छन् । कुल निको हुनेको संख्या ८ लाख २ हजार ४७ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८७.५४ रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको ३ संख्या जना रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ५ सय २१ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा ९८ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले १ सय ७८ जना र भेन्टिलेटरमा ३० जनाको उपचार भईरहेको छ ।