३ वर्ष पहिले
मंसिर–१२, चितवनको ईच्छाकामना गाउँपालिकामा भेरोसेल खोपको पहिलो मात्रा लगाएर बसेका नागरिकले मंसिर १४ र १५ गते खोपको दोस्रो मात्रा पाउने भएको छ ।
ईच्छाकामना गाउँपालिकाले जारी गरेको सुचना अनुसार भेरोसेल खोपको पहिलो मात्रा लगाएर २१ दिन पुरा भएको हरुको लागि मंसिर १४ र १५ गते तोकिएको खोप केन्द्रमा खोपको दोस्रो मात्रा लगाउन सकिने जनाएको छ ।
खोप लगाउन जाँदा पहिलो मात्राको लगाईएको खोप कार्ड अनिबार्य लिएर जानुपर्ने सुचनामा जनाएको छ ।