× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    कांग्रेसका दुई पक्षीय कार्यकर्ताबीच झडप हुँदा सर्लाहीमा गाेली चल्याे

    ३ वर्ष पहिले

    मंसिर-१२, सर्लाहीको बलरा नगरपालिका ९ अचलगडमा नेपाली कांग्रेसको वडा अधिवेशन स्थलमा कांग्रेसका दुई पक्षीय कार्यकर्ताबीच झडप हुँदा गोली चलेको छ।

    सीताराम निमावि पुगेका नेपाली कांग्रेसका नेता तथा प्रदेश नम्बर २ का महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री वीरेन्द्रकुमार सिंहसहितको समूह र अर्को समूहबीच झडप भएको थियो ।

    झडपमा मन्त्री सिंहको सुरक्षाका लागि खटिएका एक जना सुरक्षाकर्मीले हवाई फायर गरेको सर्लाहीका प्रहरीले जनाएको छ ।

    झडपको क्रममा एकजना सुरक्षाकर्मी र अर्का एक कार्यकर्ता घाइते भएका छन् । झडपपछि अधिवेशन स्थगित भएको छ ।