३ वर्ष पहिले
मंसिर-१४, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ सय ५५ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ९ लाख १६ हजार ८ सय ७४ जना पुगेको छ ।
२४ घण्टामा ४ हजार ३ सय २९ जनाको पिसिआर परीक्षण गर्दा २ सय ४५ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ४६ लाख २२ हजार ५ सय ६० जनाको पिसिआर भएको जनाईएको छ ।
२४ घण्टामा २ हजार १ सय ४० जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा १० जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ७ लाख ३२ हजार ८ सय १४ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।
देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ९ सय ३१ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या ६ हजार ५ सय ८९ रहेको छ भने संस्थागत आइसोलेसनमा ३ सय ४२ जना रहेको छ।
२४ घण्टामा २ सय ५६ जना निको भएका छन् । कुल निको हुनेको संख्या ८ लाख २ हजार ९ सय ९ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८७.५७ रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको २ संख्या जना रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ५ सय २६ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा ९८ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले १ सय १६ जना र भेन्टिलेटरमा ३३ जनाको उपचार भईरहेको छ ।