× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    सर्वोच्च अदालतको इतिहासमा पहिलोपटक गोलाप्रथाबाट पेसी तोकियो

    ३ वर्ष पहिले

    मंसिर-१५, सर्वोच्च अदालतको इतिहासमा पहिलोपटक आजबाट गोला प्रणालीबाट पेसी तोकिएको छ। पहिलो दिन दुईवटा एकल इजलाससहित कुल ११ वटा इजलास गठन भएका छन्।

    इजलास गठन र पेशी तोक्ने प्रधानन्यायाधीशको तजबिजी अधिकार अन्त्य गर्दै गोलाप्रथाबाट पेशी तोकिएको हो ।

    आफ्ना लागि पेशी रोज्न न्यायाधीशहरूले अपारदर्शी थैलीमा राखिएको गोला थुतेका छन् । गोलाप्रथाबाट बुधवार ११ वटा इजलास गठन भएको छ ।

    न्यायाधीशहरु मीरा खड्का र डा कुमार चुडालको एक इजलास गठन हुँदा दीपककुमार कार्की र टंकबहादुर मोक्तान, हरिकृष्ण कार्की र सुष्मालता माथेमा, हरिकुमार कार्की र वमकुमार श्रेष्ठको संयुक्त इजलास गठन भएको छ।

    त्यस्तै विश्वम्भरप्रसाद श्रेष्ठ र वमकुमार श्रेष्ठ, डा आनन्दमोहन भट्टराई र डा मनोजकुमार शर्मा, अनिता कुमार सिन्हा र कुमार रेग्मी, प्रकाशमान सिंह राउत र हरि प्रसाद फुयाल, सपना प्रधान मल्ल र प्रकाश कुमार ढुंगाना तथा तेजबहादुर केसी र नहकुल सुवेदीको संयुक्त इजलास गठन भएको हो।

    प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले ‘बेञ्च शपिङ’ गरेको भन्दै न्यायाधीशहरूले जबराले तोकेको इजलास बहिष्कार गर्दै अवज्ञा आन्दोलन गरिरहेका थिए ।

    गोला प्रणाली लागू भएपछि न्यायाधीशहरू अब सबै किसिमको नियमित मुद्दा हेर्न इजलासमा फर्किएका छन् ।

    कात्तिक ८ गतेदेखि न्यायाधीशहरूले बन्दी प्रत्यक्षीकरण, तामेली, मुद्दा फिर्तालगायत सीमित मुद्दा मात्र हेर्दै आएका थिए ।