× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    आजबाट कांग्रेसको प्रदेश अधिवेशन सुरु

    ३ वर्ष पहिले

    मंसिर-१६,आजबाट नेपाली कांग्रेसको प्रदेश अधिवेशन सुरु हुँदैछ । १४ औं महाधिवेशनअन्तर्गत सातै प्रदेशमा आजबाट प्रदेश अधिवेशन हुन लागेको हो ।

    अधिवेशनको पार्टीका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले दिउँसो दुई बजे भर्चुअल उद्घाटन गर्ने तयारी छ । कांग्रेसको महाधिवेशन कार्यतालिका अनुसार आज प्रदेश अधिवेशन उद्घाटन र भोलिदेखि निर्वाचन प्रकृया सुरु हुनेछ ।

    प्रदेश नम्बर १ को विराटनगरमा, प्रदेश नम्बर २ को जनकपुरमा, वाग्मती प्रदेशको हेटौंडामा, गण्डकी प्रदेशको पोखरामा, लुम्बिनी प्रदेशको बुटवलमा, कर्णाली प्रदेशको सुर्खेतमा र सुदूरपश्चिम प्रदेशको धनगढीमा प्रदेश अधिवेशन हुँदैछ ।

    प्रदेश अधिवेशनका लागि कांग्रेस केन्द्रीय समितिबाट सात जना नेतालाई संयोजन गर्ने गरी जिम्मेवारी दिइएको छ । जसअन्तरगत प्रदेश नम्बर १ मा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, प्रदेश नम्बर २ मा रमेश रिजाल, वाग्मतीमा पूर्वमहामन्त्री प्रकाशमान सिंह, गण्डकी प्रदेशमा गोपालमान श्रेष्ठ, लुम्बिनीमा बालकृष्ण खाण, कर्णालीमा जीवनबहादुर शाही र सुदूरपश्चिममा दिलेन्द्रप्रसाद बडुले प्रदेश अधिवेशन आयोजक समिति संयोजकको जिम्मेवारी पाएका छन् ।