× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    राप्रपा महाधिवेशन: अध्यक्षका उठ्नको लागि उम्मेदवारी शुल्क १ लाख रुपैयाँ

    ३ वर्ष पहिले

    मंसिर-१६, राष्ट्रिय प्रजातन्त्र पार्टीको काठमाडौंमा जारी महाधिवेशनमा अध्यक्ष पदका लागि उम्मेदवारी दिन १ लाख रुपैयाँ शुल्क तोकिएको छ ।यो अन्य पार्टीको महाधिवेशनमा उम्मेदवारले तिर्ने भन्दा निकै महँगो शूल्क हो ।

    उपाध्यक्षमा उम्मेदवारी दिनेका लागि ७५ हजार रुपैयाँ र महामन्त्री पदका लागि ५० हजार रुपैयाँ शूल्क तोकिएको छ । सबैभन्दा कम शुल्क केन्द्रीय सदस्य पदका लागि १५ हजार रुपैयाँ राखिएको छ ।

    उम्मेदवारी दर्ता गरी निर्धारित समयमा फिर्ता नलिएमा रकम राप्रपाको कोषमा दाखिला हुने बुझिएको छ ।

    राप्रपामा अध्यक्ष १, महिलासहित ४ उपाध्यक्ष, महिलासहित ३ महामन्त्री र १४१ केन्द्रीय सदस्य चयन हुने भएको छ ।

    बिहिबारदेखि सुरु भएको राप्रपाको महाधिवेशनमा अध्यक्ष पदमा कमल थापा र राजेन्द्र लिङ्देनबीच प्रतिस्पर्धा हुँदैछ । साँझ ५ बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन हुँदैछ ।